Logo

अर्थ

आरएसडिसी लघुवित्तको ८ प्रतिशत लाभांश पारित



काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभा वेष्टर्न एशियन होटल बुटवल, रुपन्देहीमा सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सभाले अन्य वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ । संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण पनि पारित गरेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार १५:४९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।