काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । आज तोलामा १६०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन २ लाख ५० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आज एकैदिन चाँदी तोलामा १४५ रुपैयाँ बढेको छ । चाँदीको मूल्य प्रतितोला ३४९० रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३३४५ रुपैयाँ थियो ।




















प्रतिक्रिया