काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २६.५१ अंकले घटेर २६४९ को विन्दुमा कायम भएको छ ।
आज ४५ कम्पनीको सेयर मूल्य बढेको छ भने २११ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज ७ अर्ब ८ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको २३ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सागर डिष्टिलरीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै एनएमबि डिबेञ्चर २०९० का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ८ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया