Logo

अर्थ

मौद्रिक नीति: व्यक्तिगत ओभरड्राफ्ट कर्जा सीमा बढाएर १ करोड



काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट (अधिविकर्ष) कर्जाको सीमा बढाएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाउने भएको हो ।

व्यक्तिगत ओभरड्राफ्टको सीमा ५० लाख रुपैयाँसम्म रहेकोमा त्यसलाई बढाएर १ करोड रुपैयाँ बनाउने मौद्रिक नीति समीक्षामा उल्लेख छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार ११:१९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।