काठमाडाैं । सोमबार पनि सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य १४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज तोलामा सुनको मूल्य २ लाख ५३ हजार ६ सय कायम भएको छ ।
अघिल्लो दिन प्रतितोला सुनको कारोबार २ लाख ५२ हजार २ सयमा भएको थियो ।
यस्तै आज चाँदीको मूल्य समेत ४५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५३५ रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया