Logo

अर्थ

अब शहरी क्षेत्रका बैंक शाखा समायोजन गर्न सक्ने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सहरी क्षेत्रका शाखा कार्यालयहरू समायोजन गर्न सक्ने भएका छन् । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो ।

यसअघि बैंकको शाखा स्वतन्त्र रुपमा मर्ज गर्न पाउने व्यवस्था थिएन । मर्जर भएका बैंकका शाखा मात्रै राष्ट्र बैंकले मर्जरको अनुमति दिने गरेको थियो ।

अहिले विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दभ सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयम्ले महानगरपालिकामा रहेका शाखा समायोजन वा एकीकरण गर्नसक्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षामा उल्लेख गरिएको छ ।

‘विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयम्‌ले महानगरपालिकामा रहेका शाखा समायोजन/एकीकरण गर्नसक्ने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार १२:११   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।