Logo

अर्थ

सिद्धार्थ केवलकारले आईपीओ निष्कासन गर्ने



काठमाडाैं । सिद्धार्थ केवलकार लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न साधारणसभा बाेलाएको छ । कात्तिक ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २७ गते काठमाण्डौको तीनकुनेमा रहेको सिद्धार्थ कटेजमा सभा सुरु गर्ने निर्णय गरेको हो ।

उक्त सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने, आईपीओ निष्कासनपश्चात प्राप्त हुने सेयर पूँजीको उपयोग गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सो बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

यस्तै, सभामा कम्पनी र सहायक कम्पनीहरु हिलसाइड भिलेज रिसोर्ट, ऋषि कालदेवल पर्यटन कम्पनी र नुवाकोटगढी पर्यटन कम्पनीको वित्तीय विवरणसहितको एकिकृत वित्तीय विवरण पारित गरिनेछ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलवार ११:०५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।