Logo

अर्थ

माछापुच्छ्रे एसआईपी योजनाको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम माैका



काठमाडाैं । एमीबएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’को इकाई खरिद गर्ने आज अन्तिम दिन रहेको छ । माछापुच्छ्रे बैंक कोष प्रवद्धक र माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को २ करोड इकाइको बिक्री आवेदन गत मंसिर १४ गतेदेखि खुला छ ।

कुल निष्कासनमध्ये १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रवद्धक र योजना व्यवस्थापकलाई छुट्टाइएको छ । जसमध्ये १४ प्रतिशत अर्थात ७० लाख इकाई माछापुच्छ्रे बैंक र १ प्रतिशत अर्थात ५ लाख इकार्य माछापुच्छ्रे क्यापिटललाई सुरक्षित राखिएको छ ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा २० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु ९आस्वा सदस्य० का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा माछापुच्छ्रे क्यापिटल रहेको छ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार १०:५२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।