Logo

अर्थ

सिद्धार्थ बैंकको कामु सीईओमा बस्याल नियुक्त



काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडको कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् । मंसिर १६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बस्याललाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई मंसिर २७ गतेदेखि लागू हनेगरी कामु सीईओ पदको जिम्मेवारी प्रदान गरिएको हो । उनी हाल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कंडेलको ४ वर्षे कार्यकाल आगामी मंसिर २६ गते समाप्त हुँदैछ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार ११:०७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।