काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन २ लाख ५३ हजार ३ सय रुपैयाँ थियो ।
चाँदीको मूल्यले चार दिनयता दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । बुधबार चाँदी एकैदिन तोलामा ११० रुपैयाँ बढेको छ ।
अघिल्लो दिन प्रतितोला ३ हजार ५४५ रुपैयाँ रहेको चाँदी आज ३ हजार ६५५ रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया