Logo

अर्थ

गोलन्जोर गाउँपालिकामा तीन दिने जुनार प्रवद्र्धन मेला हुने



काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा जुनार प्रबद्र्धन मेला हुने भएको छ । गाउँपालिकाले आयोजना गर्न लागेको मेला मंसिर २३ गतेदेखि ३ दिनसम्म चल्ने छ ।

गाउँपालिका अध्यक्ष शंकरराज बरालले जुनारको खेती हुँदै आएको वडा नं. ४ मा मेला हुने बताए । यस्ताे मेला पहिलो पटक हुन लागेको हो ।

‘यहाँ जुनारको राम्रो सम्भावना छ त्यो सम्भावनालाई थप बलियो बनाउन मेलाको आयोजना गरिएको हो’ अध्यक्ष बरालले भने ‘मेलामा जुनारविज्ञका साथै सरोकारवालाको उपस्थिति हुने भएकाले पनि मेलाले सार्थकता पाउने विश्वास गरेका छौं ।’

उनले जुनारको प्रबद्र्धन गर्न र अन्तर्राष्ट्रिय बजारसम्म जुनारलाई पुर्याउन मेला प्रभावकारी हुने बताए ।

बागमती प्रदेशका कृषिमन्त्रीले मधुसुदन पौडेलले कार्यक्रमको उद्घाटन गर्ने छन् । अध्यक्ष बरालले मेलाको अवलोकन गर्न सबैलाई आग्रह गरेका छन् । अध्यक्ष बरालले ३ हजारभन्दा बढी मानिसले मेलाको अवलोकन गर्ने अनुमान गरिएको बताए ।

अध्यक्ष बरालले आगामी दिनमा पनि स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने खालका अन्य कार्यक्रम सञ्चालन गर्ने बताए ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार ११:५१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।