Logo

अर्थ

अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने



काठमाडौं । भारतीय केन्द्रीय बैंकले करिब नौ वर्षपछि नेपालमा सय रुपैयाँभन्दा माथिका भारतीय नोट प्रयोग गर्न पाइने व्यवस्था खुला गरेको छ । भारतीय राजपत्रमा सूचना प्रकाशित गर्दै आरबीआईले नेपालमा लागू गरिएको प्रतिबन्ध हटाएको हो ।

प्रतिबन्ध हटेसँगै भारतबाट नेपाल आउने व्यक्तिले २५ हजार भारतीय रुपैयाँसम्मका २ सय, ५ सय र १ हजार दरका नोट ल्याउन सक्नेछन् ।

सन् २०१६ को नोटबन्दीपछि ५०० र १००० का पुराना नोट अवैध बनेपछि नेपालले पनि उच्च दरका नोटमा प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार १३:१०   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।