Logo

अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुक क्लोज गर्दैछ ।

आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै बैंकको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

बैंकले गत आवका लागि सेयरधनीहरुलाई प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश(बोनस सेयरमा लाग्ने करसहित) गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार १०:३१   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।