Logo

अर्थ

विद्युतीय कार्ड लिँदा आवश्यक जानकारी लिन राष्ट्र बैंकको सुझाव



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट विद्युतीय कार्ड लिँदा आवश्यक जानकारी लिन सुझाव दिएको छ । केन्द्रीय बैंकले आज (मंगलबार) वित्तीय चेतनाका लागि सचेतनामूलक सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो ।

राष्ट्र बैंकबाट जारी भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ को विद्युतीय भुक्तानी कार्ड सञ्चालसम्बन्धी व्यवस्थामा बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई डेबिट कार्ड (एटीएम कार्ड), क्रेडिट कार्ड, प्रिपेड कार्डजस्ता विद्युतीय कार्ड जारी गर्दा आवेदन फारामसँगै कार्ड प्रयोगसम्बन्धी सम्पूर्ण आवश्यक जानकारी उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

क्रेडिट कार्डको सन्दर्भमा त्यस्ता कार्ड प्रयोग गरी उपयोग गरिएको रकममा लाग्ने ब्याजसम्बन्धी व्यवस्थालगायतका विषयमा आवयश्यक जानकारी लिन समेत राष्ट्र बैंक भनेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलवार १२:१९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।