Logo

अर्थ

आज सेयर बजार बढ्यो, पौने ४ अर्बको कारोबार



काठमाडौं । सेयर बजार मंगलबार सामान्य अंकले बढेको छ । नेप्से ७.३९ अंकले बढेर २६१४ को विन्दुमा कायम भएकाे छ।

नेप्से उपसमूहमा रहेका ९ समूह बढेका छन् भने ४ घटेका छन्। आज १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ कम्पनीको घटेको छ। आज ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज पौने ४ अर्ब रुपैयाँको कारोबार भएको छ।

आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। स्वस्ति लघुवित्तको मूल्यमा १० प्रतिशत तथा श्रीनगर एग्रीटेक र माथिल्लो खोला जलविद्युतको १० प्रतिशतको हाराहारीमा बढेर सकारात्मक सर्किट लागेको छ।

यो दिन हिमस्टार ऊर्जाका सेयरधनीहरुले सर्वाधिक गुमाए। यस कम्पनीको सेयर मूल्य ३.८८ प्रतिशतले घटेको छ।

आज सर्वाधिक कारोबार ङादी ग्रुप पावरको ३१ करोड ९२ लाख रुपैयाँको भएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलवार १५:२०   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।