Logo

अर्थ

रवि र छविको मुद्दा सुनुवाइ न्यायाधीशद्वय पौडेल र विष्टको इजलासमा



बुटवल । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी आज तोकिएको छ ।

उनीहरूको मुद्दाको सुनुवाइ न्यायाधीशहरु तेजनारायण पौडेल र सागर विष्टको चार नम्बर इजलाशमा परेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । यसअघिको सुनुवाइ सार्वजनिक बिदा भएका कारण हुन सकेको थिएन ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको बिहीबारको पेशी गत १३ गतेपछि निरन्तर सरिरहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार ११:०१   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।