Logo

अर्थ

सिटी होटलको ८० प्रतिशत हकप्रद सेयर सूचीकृत



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । सिटी होटल लिमिटेडको ८० प्रतिशत हकप्रद सेयर आज सूचीकृत भएको हो ।

कम्पनीको सो प्रतिशत दरको कुल १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । योसँगै अब कम्पनीको सूचीकृत सेयर संख्या ३० करोड १३ लाख २ हजार कित्ता पुगेको छ ।

सूचीकृत हकप्रद सेयरको कारोबार भने आइतबारदेखि गर्न मिल्नेछ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार १६:५९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।