काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १.५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कम्पनीले कुल ३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कुल ४९ करोड ११ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । साथै कम्पनीले पुस २१ गतेका लागि वार्षिक साधारणसभा तय गरेको छ । वार्षिक साधारणसभाका लागि पुस ८ गते बुक क्लोज गर्ने भएको छ ।




















प्रतिक्रिया