Logo

अर्थ

युनाइटेड इदी मर्दीको बोनस सेयर घोषणा



काठमाडौं । युनाइटेड इदी मर्दीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट हाल कायम चुक्ता पूँजीको ५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा ०.२६ प्रतिशत कर प्रयोजनका लागि र ५ प्रतिशत बोनस सेयर रहेको छ ।

२ करोड ३० लाख रुपैयाँ बराबरको बोनस सेयर प्रदान हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार १०:४०   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।