Logo

अर्थ

वैदेशिक रोजगारमा रहेकालाई रिलायन्सको आईपीओ बाँडफाँट



काठमाडौं । वैदेशिक रोजगारीमा रहेकालाई यसअघि खुलेको रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँट भएको छ । वैदेशिक रोजगारमा रहेकालाई कम्पनीले कुल १ लाख १५ हजार ५९६ कित्ता सेयरका लागि आवेदन खुलाएको थियो ।

कुल ३५ हजार १०२ जनाले आईपीओमा आवेदन दिएका थिए । जसमध्ये २ हजार ३११ जनाले सेयर पाएका छन् । सेयर पाएका यीमध्ये ४६ जनाले ५१ कित्ताका दरले पाएका छन् भने बाँकीले ५० कित्ताका दरले पाएका छन् ।

आईपीओ भरेकामध्ये ३२ हजार ७९१ आवेदकको हात रित्तो भएको छ । प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले कम्पनीको आईपीओ खुलेको हो । आम सर्वसाधारणका लागि पुस ७ देखि कम्पनीको आईपीओ खुल्नेछ । आईपीओको नतिजा सीडीएससीको अनलाइन प्रणालीमार्फत हेर्न सकिनेछ ।

प्रकाशित मिति : १ पुष २०८२, मंगलवार ११:४८   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।