Logo

अर्थ

नबिल बैंकको ५ अर्बको अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँड



काठमाडौं । नबिल बैंक लिमिटेडले जारी गरेको ५ अर्ब रूपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँड भएको छ ।

बैंकले ५ अर्ब रूपैयाँ बराबरको १ सय रुपैयाँ अंकित दरका ५ करोड कित्ता नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर पुस १ गते बाँडफाँड गरेको हाे।

सेयर परिपत्र विधिबाट संस्थागत लगानीकर्ताहरुका लागि मात्र निष्काशन गरिएकाे सेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड मार्फत अन्तिम बाँडफाँड गरिएको हो ।

प्रकाशित मिति : २ पुष २०८२, बुधबार ११:४३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।