Logo

अर्थ

सिटिजन बैंकको ५ प्रतिशत बोनस साधारण सभाबाट पारित‍



काठमाडौं । सिटिजन बैंक इन्टरनेसनल लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष प्रबल जंग पाण्डको अध्यक्षमा मंसिर १२ गते काठमाडौंको बत्तिसपुतलीमा सभा सम्पन्न भएको हो ।

कम्पनीको सभाले चुक्ता पुँजीको ५ प्रतिशत अर्थात् ७३ करोड ८४ लाख ५० हजार रुपैयाँ लाभांश स्वीकृत गरेको छ ।

सभाले सो शेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.२६३ प्रतिशत अर्थात् ३ करोड ८८ लाख ६५ हजार रुपैयाँ नगद लाभांश समेत पारित गरेको छ ।

प्रकाशित मिति : २ पुष २०८२, बुधबार १५:४७   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।