काठमाडौं । चालु आर्थिक वर्षमा निरन्तर रूपमा वैदेशिक लगानी प्रतिबद्धतामा वृद्धि हुँदै गएको छ । साउन देखि मङ्सिरसम्म पछिल्लो पाँच महिनामा लगातार रूपमा वैदेशिक लगानी प्रतिबद्धता वृद्धि हुँदै गएको उद्योग विभागले जनाएको छ ।
उद्योग विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो साउनदेखि मङ्सिर पाँच महिनामा ३८ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार पाँच महिनामा ४३८ वटा परियोजनाका लागि विदेशी लगानी स्वीकृत भएको छ । ५ महिनामा आएको यो प्रतिबद्धता साना, मझौला र ठुला गरी ४३८ वटा उद्योगका लागि भएको छ ।
समीक्षा अवधिमा २८६ वटा उद्योग तथा कम्पनीले नेपालमा लगानी गर्ने प्रतिबद्धता गरेका छन् । जसबाट ३३ हजार ८१४ जनालाई रोजगारीको प्रतिबद्धता भएको छ ।
५६ वटा कम्पनीले मंसिरमा मात्र १ अर्ब ९१ करोड ४९ लाख ५८ हजार रुपैयाँ बराबरको नेपालमा लगानी गर्ने प्रतिबद्धता गरेका छन् । जसबाट १ हजार ४७० जनालाई रोजगारी मिल्ने तथ्यांकमा उल्लेख छ ।
५ महिनाको अवधिमा लगानी प्रतिबद्धता आएका मध्ये साना कम्पनी ४२३ वटा, मध्यम ८ वटा र ठुला ७ वटा कम्पनी रहेको विभागले जनाएको छ । मंसिरमा मात्र ५४ वटा साना, २ वटा मध्यमे उद्योगले लगानी प्रतिबद्धता गरेका छन् ।
सबैभन्दा बढी लगानी प्रतिबद्धता आइटी क्षेत्रका उद्योगमा आएको छ । २३६ वटा कम्पनीले ५ महिनाको अवधिमा लगानी प्रतिबद्धता गरेका छन् । जुन पुरै लगानी प्रतिबद्धताको ५४ प्रतिशत हो । लगानी करमको हिसाबले भने ३ प्रतिशत मात्र रहेको छ ।
आइटी पछि पर्यटन उद्योगमा बढी लगानी प्रतिबद्धता आएको छ । जसमा १३५ वटा उद्योग लगानी प्रतिबद्धता गरेका छन् । जुन जम्मा आएको लगानी प्रतिबद्धताको ३१ प्रतिशत हो । लगानीको हिसाबले हेर्दा यसको २६ प्रतिशत हिस्सा ओगटेको छ ।
त्यस्तै कृषिमा १३ वटा उद्योग ३ प्रतिशत छन् । कृषि उद्योगमा ५७ प्रतिशत हिस्सा छ । सेवा क्षेत्रका २८ (६ प्रतिशत), उत्पादन २६ वटा (६ प्रतिशत), इनर्जि १ वटा मिनिलर १ वटा उद्योगले लगानी प्रतिबद्धता गरेका छन् ।
उत्पादनमूलक कम्पनीले १ अर्ब ९७ करोड २३ लाख ५८ हजार रुपैयाँको लगानी प्रतिबद्धता भएको छ । ऊर्जामूलकमा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ, कृषि मूलकमा २१ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बराबरको, पर्यटन मूलकमा १० अर्ब १२ करोड २० लाख ५० हजार रुपैयाँ बराबरको र खनिज मूलकमा ४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भएको छ ।
साथै, सेवामूलकमा ३ अर्ब ३९ करोड ६० लाख रुपैयाँ बराबरको छ भने सूचना प्रविधिमूलकमा ९९ करोड ८९ लाख ८६ हजार रुपैयाँ बराबरको छ । पूर्वधारमुलकमा उद्योगमा भने कुनै पनि लगानी प्रतिबद्धता आएको छैन ।




















प्रतिक्रिया