Logo

अर्थ

एनएमबि क्यापिटलद्वारा लगानीकर्ता चेतना र अन्तरक्रिया कार्यक्रम सम्पन्न



काठमाडाैं । एनएमबि क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत मंसिर २९ गते एनएमबि बैंक, बट्टार शाखाको सहकार्यमा विदुर, नुवाकोटमा अवस्थित पोष्ट बहादुर बोगटी पोलिटेक्निक इन्सिटच्यूटका विद्यार्थीहरुलार्ई लगानीसम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

सोही दिन टङ्गाल, काठमाण्डौमा अवस्थित टङ्गाल उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरुलार्ई पनि लगानीसम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यकममा विशेषतः विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कस्टुमर रिलेशनशिप, कस्टोडियन तथा डिपीका प्रमुख मनिप अधिकारी, पोर्टफोलियो अफिसर राहुल खड्का र पोर्टफोलियो सहायक बिकेश बाडेले संयुक्त रुपमा नुवाकोटको कार्यक्रम सञ्चालन गरेका थिए भने स्कीम सहायकहरु– लचना शाक्य, निवेश गिरी र प्रज्वल विक्रम खड्काले संयुक्त रुपमा टङ्गालको कार्यक्रम सञ्चालन गरेका थिए ।

सहभागीहरुलाई पूँजी बजारका विभिन्न पक्ष, गतिविधिहरुबारे जानकारी गराउँदै कार्यक्रमपछि सहभागीहरुबाट सोधिएका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरिएको थियो ।

प्रकाशित मिति : २ पुष २०८२, बुधबार १६:३१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।