काठमाडौं । नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा ४ जनाविरुद्ध ठगी मुद्दा दायर गरिएको छ ।
जिल्ला सहन्यायाधिवक्ता रामहरि काफ्लेका अनुसार पूर्वसहसचिव लेखबहादुर कार्की, पूर्वसचिव अर्जुनकुमार कार्की, थामसेर्कु ट्रेकिङ तथा ल्हाक्पा सोनाम शेपाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । मुद्दामा चारै जनालाई पाँच वर्ष कैद सजायको माग गरिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकील कार्यालय, काठमाडौँले मुद्दा दायर गरेको जनाएको छ ।
प्रकरणसँग सम्बन्धित थप अनुसन्धान र अदालतको निर्णय आउन बाँकी रहेको जनाइएको छ ।




















प्रतिक्रिया