काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई लाभांश दिने भएको छ ।
कम्पनीले चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश दिने भएको कम्पनीले जनाएकाे छ ।
कम्पनीले बिहीबार बसेको सञ्चालक समितिको बैठकले ३३औँ वार्षिक साधारणसभा र लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले सभा पुस २८ गते काठमाडौंको बबरमहलमा भएको कार्की ब्याङक्वेटमा गर्ने भएको छ ।




















प्रतिक्रिया