Logo

अर्थ

स्वरोजगार लघुवित्तद्वारा लाभांश घोषणा



काठमाडाैं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

बैठकले आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायय चुक्तापूँजीको १४.२५ बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि)गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात संस्थाको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

प्रकाशित मिति : ६ पुष २०८२, आईतवार १०:२५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।