Logo

अर्थ

सुन सामान्य घट्यो, कतिमा हुँदैछ काराेबार?

चाँदीको मूल्य नयाँ उचाइमा



काठमाडौं । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन २ लाख ५८ हजार ४ सय रुपैयाँ थियो । गत सोमबार सुनको मूल्य हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

आज चाँदीको मूल्य नयाँ उचाइमा पुगेको छ । पहिलो पटक चाँदीको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँ नाघेको छ ।

आज प्रतितोला १ सय रुपैयाँले चाँदी बढेसँगै ४ हजार १०५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार ५ रुपैयाँ थियो ।

 

प्रकाशित मिति : ६ पुष २०८२, आईतवार ११:०४   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।