Logo

अर्थ

कालिका लघुवित्तको लाभांश घोषणा



काठमाडाैं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश दिने निर्णय गरेको हो ।

उक्त बैठकले आव २०८१/८२ सम्मको खुद मुनाफाबाट चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभाश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरणका प्रस्ताव पारित गरिनेछ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात संस्थाको आगामी साधारण सभाबाट पारित गरी वितरण हुनेछ ।

प्रकाशित मिति : ६ पुष २०८२, आईतवार १२:१२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।