काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेकाे छ । संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ काे वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १३.४३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापुँजी २६ करोड ६४ लाख २४ हजार ३८८ रुपैयाँको कुल १३.४३ प्रतिशत नगद लाभांश दिने भएकाे छ ।
नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारणसभाबाट पारित गरी वितरण गरिने कम्पनीले जनाएको छ ।




















प्रतिक्रिया