काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेकाे छ । संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेका छन् ।
आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ६१ करोड ८९ लाख ४५ रुपैयाँको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारणसभाबाट पारित गरी वितरण गरिने कम्पनीले जनाएको छ ।




















प्रतिक्रिया