Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको गिरावट, ४ अर्ब ५२ करोडको कारोबार



काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक १९.९२ अंकले घटेर २५९५ को विन्दुमा कायम भएको छ ।

आज ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ४ अर्ब ५२ करोडको सेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्तको सेयर कारोबार भएको छ । यस कम्पनीको १३ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बराही हाइड्रोपावर कम्पनीको ११ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एसवाई प्यानलका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । यस बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ६ पुष २०८२, आईतवार १५:१७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।