काठमाडौं । सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज ३ हजार ४ सय रुपैयाँले बढेकाे हो । गत सोमबार त्यसअघिका सबै रेकर्ड तोड्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्यले केही दिनयता नै नयाँ रेकर्ड बनाइरहेको छ । आज प्रतितोला १३० रुपैयाँ मूल्य बढेको छ । जसअनुसार चाँदी प्रतितोला मूल्य ४ हजार २३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया