Logo

अर्थ

नेपाल टेलिकमको लाभांश घोषणा



काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ८ बसेको सञ्चालक समितिको बैठकले प्रतिसेयर ३० रुपैयाँका दरले नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल सरकार अर्थमन्त्रालयबाट स्वीकृत भएपछि सेयरधनीले पाउने छन् ।

मन्त्रालयबाट स्वीकृति भएपछि उक्त लाभांश कम्पनीको आगामी १८औं वार्षिक साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ । कम्पनीको उक्त सभा आगामी पुस ३० गते काठमाण्डौको प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभागृहमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा गत आवको वार्षिक प्रतिवेदन पारित गरिनुका साथै गत आवको वित्तीय विवरणहरु समेत पारित हुनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २० गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ९ पुष २०८२, बुधबार ११:०६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।