Logo

अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलामा कति पुग्यो?



काठमाडौं । सुनचाँदीको मूल्यले केही दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन ५ हजार ५ सय रुपैयाँ बढेको थियो । आज सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६७ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १६५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ९ पुष २०८२, बुधबार ११:१८   :  बजे

183
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।