Logo

खेलकुद

आईसीसी टी–२० विश्वकपको ट्रफी टुर नेपालमा हुने



काठमाडाैं । आगामी फेब्रुअरी ७ देखि सुरु हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा पनि हुँदैछ । ट्रफी टुरजनवरी ५ देखि ७ सम्म नेपालमा आयोजना हुने भएको छ।

यस पटक आइईसीसी पुरुष टी–२० विश्वकप २०२६ आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ट्रफी टुरका क्रममा क्रिकेट प्रेमीहरूले विश्वकप ट्रफी नजिकबाट अवलोकन गर्ने अवसर पाउने छन् ।

ट्रफी टुर कार्यक्रमको विस्तृत विवरण क्यानले दिएको छैन । नेपालले पनि यसपटक विश्वकप खेल्दैछ । नेपालले आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।

प्रकाशित मिति : १६ पुष २०८२, बुधबार १२:५२   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।