काठमाडौं । आज अंग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १२.८३ अंकले घटेर २६२० को विन्दुमा कायम भएको छ ।
आज ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८९ कम्पनीको मूल्य घटेको छ ।
आज दिनभरिमा ३३६ कम्पनीको १ करोड १ लाख ५३ हजार २२६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोडको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एसवाई प्यानलको सेयर कारोबार भएको छ । यस कम्पनीको २३ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १३ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै ग्लोबल आइएमई सम्मुनत योजनका २ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया