काठमाडौं । आज सेयर बजार बढेको छ । नेप्से परिसूचक ९.९३ अंकले बढेर २,६४९ को विन्दुमा कायम भएको छ ।
आज १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने १०३ कम्पनीको मूल्य घटेको छ ।
आज ७ अर्ब १२ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानको सेयर कारोबार भएको छ । यस कम्पनीको २४ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै जिवन विकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया