Logo

अर्थ

नेपाल फाइनान्सको हकप्रद सेयर सूचीकृत



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल फाइनान्स लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ । फाइनान्सको संस्थापकतर्फको लिलामीमार्फत बिक्री गरेको हकप्रद सेयर सूचीकृत भएको हो ।

कम्पनीको कुल १ लाख ६२ हजार कित्ता हकप्रद सेयर आज सूचीकृत भएको हो । योसँगै कम्पनीको सूचीकृत सेयर संख्या ८३ लाख ८९ हजार ४३९ कित्ता पुगेको छ ।

प्रकाशित मिति : २२ पुष २०८२, मंगलवार १७:०१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।