काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक प्रतिनिधित्वको मर्मविपरीत हतारो र अपारदर्शी ढंगले उम्मेदवार छनोट गरेको आरोप लागिरहेका बेला रुकुम पश्चिमकी सिर्जना ओली ‘सिज्जू’लेय्य समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन्।
ओलीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले नाम फिर्ता लिएको जानकारी दिएकी हुन्। उनका अनुसार आफू यात्रामा
रहेका बेला ‘टिम बालेन’बाट फोन आएर समानुपातिक सूचीमा नाम राख्ने प्रस्ताव गरिएको थियो
“आजै दिउँसो ३ बजे नाम बुझाउनुपर्ने छ, अनुमति दिनुहुन्छ ? भनेर सोधियो,” उनले उल्लेख गरेकी छन्। अचानक आएको प्रस्ताव र निर्णयका लागि पर्याप्त समय नपाएको उनको भनाइ छ।
“त्यसभन्दा अघि कसैसँग पनि राजनीतिक विषयमा कुनै छलफल भएको थिएन,” उनले लेखेकी छन्, “देशका लागि केही गर्न पाउने अवसर ठानेर हतारमै ‘नाइँ’ भन्न सकिनँ।”
य ओलीका अनुसार कुनै पार्टीगत योगदानका आधारमा नभई पर्यटन क्षेत्रमा गरेको सीमित योगदानका कारण आफ्नो नाम सिफारिस भएको भनिएको थियो।
“टिमका सदस्यहरूले पनि यही कुरा भन्नुभयो, त्यसका लागि आभारी छु,” उनले भनेकी छन्, “तर अन्ततः मैले आफ्नो नाम फिर्ता लिइसकेकी छु। यात्रामा र प्राविधिक समस्याका कारण जानकारी दिन केही ढिला भयो।”
तर यो घटनाले रास्वपाले समानुपातिक प्रतिनिधित्वको संवैधानिक उद्देश्य—समावेशिता, सामाजिक न्याय र स्पष्ट मापदण्ड—लाई बेवास्ता गर्दै व्यक्तिगत सञ्जाल र आकस्मिक सिफारिसका आधारमा उम्मेदवार चयन गरेको आरोपलाई थप बल दिएको छ।
समानुपातिक प्रणाली दलको आन्तरिक लोकतन्त्र, पारदर्शिता र दीर्घकालीन राजनीतिक प्रतिबद्धतामा आधारित हुनुपर्नेमा आलोचकहरू जोड दिन्छन्। ओलीको पारिवारिक पृष्ठभूमि माओवादीसँग जोडिएको छ।
उनका बुबा हाल पनि माओवादी पार्टीका नेता रहेको बताइन्छ। यस्तो पृष्ठभूमि हुँदाहुँदै, कुनै राजनीतिक छलफल वा औपचारिक प्रक्रिया बिना गरिएको सिफारिस र त्यसपछि आएको नाम फिर्ताले रास्वपाको उम्मेदवार छनोट प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको छ।
समानुपातिक प्रणालीलाई ‘आकस्मिक फोन’ र ‘हतारो निर्णय’को विषय बनाउँदा त्यसको मूल भावना नै कमजोर हुने भन्दै राजनीतिक वृत्तमा रास्वपाको अभ्यासमाथि आलोचना चुलिँदै गएको छ।



















प्रतिक्रिया