Logo

अर्थ

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा फेरि २० अर्बको ऋणपत्र जारी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (पुस २३ गते) फेरी २० अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको छ । बैंक तथा वित्तिय संस्थामा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले लगातार ऋणपत्र जारी गरेको हो ।

बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ङ’ जारी गरेको हो भने सो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउने राष्ट्र बैंकले जनाएको छ ।

आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ । बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ । यो एकवर्षे अवधिको ऋणपत्र हो ।

यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २३ पुष २०८२, बुधबार ११:४४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।