Logo

अर्थ

सेयर बजारमा दाेहाेराे अंककाे गिरावट



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.३५ अंकले घटेर २,६३५ को विन्दुमा कायम भएको छ ।

आज ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको मूल्य घटेको छ ।

आज ५ अर्ब १७ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलको कारोबार भएको छ । यस कम्पनीको २६ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एसवाई प्यानलका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २३ पुष २०८२, बुधबार १५:१७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।