काठमाडौँ – काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित फेरी जङ्गलमा आज साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ४ जनाको मृत्यु पुष्टि भएको र अन्य २७ जना घाइते भएको जानकारी दिए । मृतकको सनाखत हुन भने सकेको छैन ।
वनभोज खाएर फर्किएको बा ४ ख ८७८८ नम्बरको बस दुर्घटना भएको हो। साँझ ६ बजेतिर भएको उक्त दुर्घटनामा २२ जना घाइते भएका छन् । उनीहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरूको नेपाल मेडिकल कलेज, शङ्खरापुर अस्पताल, मूलपानी नगर अस्पतालमा र सुष्मा कोइराला अस्पतालमा समेत उपचार भइरहेको छ । उक्त बसमा ४० जनाजति सवार रहेका जनाइएको छ ।
‘नेचर हर्व’ संस्थाका कर्मचारी वनभोज खाएर आएको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया