Logo

अर्थ

आज ४ कम्पनीको साधारणसभा बस्दै, लाभांश पारित गर्ने मुख्य एजेन्डा



काठमाडौं। आज एनएमबी बैंकसहित तीन बिमा कम्पनीको वार्षिक साधारणसभा बस्दै छ। एनएमबी बैंक, आइएमई लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभा बस्न लागेको हो।

साधारणसभामा आइएमई लाइफले चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश, सानिमाले १०.१७८० प्रतिशत नगद लाभांश, आईजीआई प्रुडेन्सियलले ५ प्रतिशत नगद लाभांश र एनएमबी बैंकले सेयरधनीका लागि ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको छ।

साधारणसभाले प्रस्तावित लाभांश पारित गर्नेछ।

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार ०९:३९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।