काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँ तय गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबर भएको थियो ।
चाँदीको मूल्य तोलामा १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८३५ रुपैयाँमा झरेको छ ।




















प्रतिक्रिया