Logo

अनलाइनपाना खोज

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच ४ घण्टा लामो छलफल



काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस २७ र २८ गते काठमाडौंमा आह्वान गरिएको विशेष महाधिवेशनले पार्टी विभाजन नहुने स्पष्ट पारेका छन्।

विशेष महाधिवेशनका कारण कांग्रेस फुट्ने हल्ला निराधार भएको उल्लेख गर्दै यदि त्यस्तो अवस्था आयो भने आफू सबैभन्दा पहिला अधिवेशन हलबाट बाहिरिने उनले बताएका छन्। विशेष महाधिवेशनबारे उठिरहेका प्रश्नको जवाफ दिँदै शर्माले सामाजिक सञ्जालमार्फत पार्टी एकतामा कुनै सम्झौता नहुने धारणा सार्वजनिक गरेका हुन्।

उनका अनुसार जेन–जी आन्दोलनपछिको बदलिएको राजनीतिक परिस्थिति, नयाँ राष्ट्रिय चुनौती र कांग्रेसको भूमिकाका कारण विशेष महाधिवेशन आवश्यक भएको हो। ‘आजको नेपाल भदौ २३ अगाडिको नेपाल होइन,’ भन्दै उनले नयाँ दृष्टि, योजना र संकल्पका लागि विशेष महाधिवेशन अपरिहार्य भएको तर्क गरेका छन्। विशेष महाधिवेशन माग गर्दै महाधिवेशन प्रतिनिधिहरूले चलाएको हस्ताक्षर अभियानमा ४० प्रतिशतभन्दा बढीको समर्थन प्राप्त भएकाले कांग्रेस विधानअनुसार विशेष महाधिवेशन गर्नैपर्ने बाध्यता रहेको शर्माको भनाइ छ।

कांग्रेस विधानको धारा १७(२) अनुसार केन्द्रीय समितिले आवश्यक ठानेमा विशेष महाधिवेशन बोलाउन सक्ने र ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको लिखित माग आए तीन महिनाभित्र महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था रहेको उनले स्मरण गराएका छन्। हस्ताक्षर नगरेका प्रतिनिधिहरू पनि विशेष महाधिवेशनमा सहभागी हुन पाउने उनले स्पष्ट पारेका छन्। विशेष महाधिवेशनले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा नकारात्मक असर नपर्ने र महाधिवेशनपछि निर्वाचनमा जाँदा कांग्रेसले राम्रो परिणाम ल्याउने विश्वास उनले व्यक्त गरेका छन्

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा झन्डै ४ घण्टा छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवासमा दिउँसो ११ बजेदेखि साढे २ बजेसम्म भएको भेटवार्तामा मुख्यतः आगामी निर्वाचनका विषयमा केन्द्रित छलफल भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

छलफलमा फागुन २१ गते हुने निर्वाचनको तयारी, समग्र राजनीतिक अवस्था र सुरक्षासम्बन्धी विषयमा कुराकानी भएको बताइएको छ।

अध्यक्ष ओलीले निर्वाचनको वातावरण बनेमा एमाले चुनावबाट नभाग्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्कीले सरकारले निर्वाचनका लागि आवश्यक सबै प्रबन्ध मिलाइसकेको बताउँदै ढुक्क भएर प्रक्रियामा सहभागी हुन आग्रह गरेकी थिइन्। उनले बदलिएको राजनीतिक परिस्थितिमा पनि एमालेले महाधिवेशन सम्पन्न गर्दै निर्वाचन केन्द्रित गतिविधिमा सक्रियता देखाएकोमा खुसी व्यक्त गरेको जनाइएको छ।

भेटका क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे समेत चासो राखेका थिए। छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र आगामी दिनमा राजनीतिक संवादलाई निरन्तरता दिने विषयमा दुवै पक्ष सहमत रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

।

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १८:०९   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।