Logo

समाचार

प्रतिनिधिसभा पुनर्स्थापना नै अहिलेको उत्तम विकल्प होः नेता अधिकारी



काठमाडौं । नेकपा (एमाले) का नेता खगराज अधिकारीले प्रतिनिधिसभा पुनर्स्थापना नै अहिलेको उत्तम विकल्प रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दे नेता अधिकारीले अहिलेको समस्या समाधान संसद् पुनर्स्थापनाबाट मात्रै सम्भव रहेको बताएका हुन् ।

उनले भने, ‘संसद् पुनर्स्थापना सबैभन्दा उत्तम विकल्प हो । यो नै अहिलेको समस्या समाधानको उपाय हो ।’ निर्वाचन जनताको बीचमा जाने र संवाद गर्ने विषय भए पनि अहिले त्यो वातावरण नरहेको उनको भनाइ छ ।

नेता अधिकारीले अहिले उपद्रव र आतङ्कको अवस्था रहेको र निर्वाचनको वातावरण बन्नै बाँकी रहेको बताए । ‘पहिलो उत्तम उपायमा हामीलाई चित्त बुझ्दो ढंगले अदालतले कार्यसम्पादन गरेन भन्ने छ,’– उनले भने ।

साथै, उनले एमालेको केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिक परिघटनामा आफ्नो विचार राख्ने बताए ।

आजको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार तय गर्ने कुरामा कुनै सत्यता नरहेको उनले बताए । चुनाव लड्दा पनि एमालेले आफ्नै बल तागतले चुनाव लड्ने उनको दावी छ ।

प्रकाशित मिति : २६ पुष २०८२, शनिबार १३:२४   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।