Logo

समाचार

विश्वप्रकाशको घोषणा : २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने पद्धतिकाे विकास गर्छाैँ



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट प्रस्ताव पारित गरेर दुई पटक भन्दा बढी कसैले पनि प्रधानमन्त्री बन्न नपाउने निर्णय गर्ने बताएका छन् ।

भृकुटीमण्डपमा आइतबार सुरु भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

‘हामी विशेष महाधिवेशनबाट प्रस्ताव पारित गरेर ल्याउँछौ । यो देशमा अब कांग्रेस भित्रको होस् वा बाहिरको होस् कसैले पनि दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने पद्धतिको निर्णय गर्छौ’, महामन्त्री शर्माले भने ।

यस्तो प्रस्ताव कांग्रेसभित्र यसअघि पनि उठेको उल्लेख गर्दै बेवास्ता गरिएको बताए । उनले ३४ वर्षमा ३० वटा सरकार बनाएर नागरिक सन्तुष्ट छन् भनेर सोच्नु गलत हुने भन्दै नागरिक सन्तुष्ट हुन नसकेको बताए ।

प्रकाशित मिति : २७ पुष २०८२, आईतवार १८:३१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।