Logo

समाचार

बागलुङमा एक लाख ९३ हजार ३८१ मतदाता कायम



बागलुङ । बागलुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कूल एक लाख ९३ हजार ३८१ जना मतदाता कायम भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहेका छन् ।

असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म दर्ता भएको मतदाता नामावलीमा १६ देखि २८ वर्षसम्मका उमेर समूह बढी रहेको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख प्रमुख यज्ञप्रसाद रिजालले जानकारी र्दिए ।

उनका अनुसार जिल्लाभर पाँच हजार २५३ जना नयाँ मतदाता थपिएका छन् ।

मतदाता नामावली दर्ता गराउनेमा सबैभन्दा बढी युवापुस्ता रहेको उहाँको भनाइ छ । जिल्ला बाहिरका १०० मतदाताहरूले बागलुङबाट नामावली दर्ता गराएको प्रमुख रिजालले बताए ।

जिल्ला निर्वाचन कार्यालयमै पुगेर एक हजार ४६४ जना र राष्ट्रिय परिचय प्रणालीतर्फबाट तीन हजार ९२९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २९ पुष २०८२, मंगलवार ०६:१९   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।