Logo

समाचार

सडक दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दीप प्रज्वलन



काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ । सड्क दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा बिहीबार दीप प्रज्वलन गरिएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारी र एसपी नरेश सुवेदी सहितका प्रहरी अधिकृतहरूले दीप प्रज्वलन गरेर सडक दुर्घटनामा परेर ज्यान गुमाउनेहरूलाई स्मरण गरे ।

दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले ट्राफिक सप्ताह मनाइरहेको छ । आज सप्ताहको छैटौँ दिन हो ।

लापरबाहीपूर्वक सवारी चलाउँदा दुर्घटनामा परेर अकालमा मृत्यु हुने गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले बताए ।

उनले भने, ‘मृत्यु हुनेको परिवारका सदस्यहरू प्रताडनामा बाँचिरहेका छन्, घाइतेहरूको अवस्था उस्तै नाजुक छ ।’चालकले थोरै मात्र सावधानी अपनाए पनि दुर्घटना न्यूनीकरण गर्न सकिने एसएसपी अधिकारीले बताए ।

एसएसपी अधिकारी र एसपी सुवेदीले बिहीबार दुर्घटनामा परेर घाइते भएकाहरूलाई अस्पतालमा गएर भेटेका थिए ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार २०:१०   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।